शनिबार, वैशाख १९, २०८३

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे

मेरोन्यूज २०८२ पुष ३ गते ९:१५

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै मतदानमा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ।

Advertisement
NiccNicc

अर्यालसहित एमाले महाधिवेशनको प्रतिनिधि भएर पनि ३६ जना मतदान प्रक्रियामा अनुपस्थित भएका निर्वाचन आयोगले जनाएको छ। 

प्रेस चौतारीका पूर्वअध्यक्ष गुल्मीका राजेन्द्र अर्यालले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा भेटिएको छ ।अर्यालले ‘नो भोट’को अधिकार उपयोग गरेको बताएका छन् । तर उनी आफैँ केन्द्रीय सदस्यका उम्मेदवार हुन् । ओली पक्षका उनी स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा थिए ।

अर्यालले ओली पक्षको सूचीमा नपरेपछि मतदानमै सहभागी नभई घर गएर सुतेको बताएका छन् ।

प्रतिक्रिया