हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ

श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा राखी घटनाको थप अनुसन्धान गर्न समय मागिएको छ । वन्यजन्तु अधिकारीहरूले बताएअनुसार जनावरलाई आगो लगाउनु अघि पहिले गोली हानिएको थियो र घाइते बनाइएको थियो ।
आक्रमणबाट घाइते भएका हात्तीलाई बचाउने पशु चिकित्सा सर्जनहरूको प्रयास असफल भएको थियो। श्रीलङ्कामा हात्तीलाई पवित्र मानिन्छ र यहाँको कानूनद्वारा उनीहरूको संरक्षणका लागि स्पष्ट निर्देशन गरेको छ तर किसान र दुर्गम गाउँका बासिन्दाहरूले कहिलेकाँही बाली नष्ट गर्ने जङ्गली हात्तीहरूलाई आक्रमण गर्ने गरेका घटना सार्वजनिक हुनेगरेका छन् ।
श्रीलङ्काको कानुनअनुसार संरक्षित हात्तीको चोरी सिकारी गर्ने जोकोहीलाई मृत्युदण्डको सजायसम्म हुनसक्छ, तर देशले सन् १९७६ देखि मृत्युदण्ड दिएको छैन र मृत्युदण्डको सजाय स्वतः आजीवन कारावासमा परिणत हुन्छ ।
पछिल्लो पाँच वर्षमा बढ्दो मानव हात्ती द्वन्द्वका कारण वर्षेनी ४०० हात्ती र २०० जनाको ज्यान जाने गरेको छ। श्रीलङ्कामा अनुमानित सात हजार जङ्गली हात्तीहरू छन्, जसलाई बौद्ध संस्कृतिमा उनीहरूको महत्त्वका कारण राष्ट्रिय सम्पत्तिको रूपमा लिइन्छ।
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया