आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १९ तारिख । पौष कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : नयाँ अवसरको खोजीमा केही नयाँ सम्झौताहरू गर्नुपर्ला। गरेका कामको तत्काल लाभ उठाउन नसकिएला। स्वास्थ्य कमजोर हुनाले नयाँ काममा जुट्न नसकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
वृष : दाम्पत्य जीवन सुमधुर रहनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। विभिन्न भौतिक संसाधन प्राप्तिका योग छन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : अरुको स्वार्थको लागि उपयोगी भइनेछ सावधान रहनुहोस्। आश्वासन देखाउनेहरूले झुक्याउन सक्लान्। आर्थिक पक्षलाई लिएर चिन्ता रहनेछ। आफ्नो बोली व्यवहारलाई संयमित राख्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : नयाँ ज्ञानले अध्ययन अध्यापनमा उत्साह दिलाउनेछ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। माननीयजनहरूसँग अनावश्यक प्रतिस्पर्धा गर्नदेखी जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त नहोला। भूमि वा पशुधनबाट लाभार्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा पहिला भएका कमी कमजोरीलाई सच्याउने समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
कन्या : महत्वकांक्षी योजनाहरूलाई गोप्य राख्नुहोला। भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। नजिकका साथीभाइहरूसँग असमझदारी बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।
तुला : विचार नगरी वचन दिने बानीले आफूलाई नै अप्ठ्यारो पार्न सक्छ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। संगीत वा कलाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : रोकिएको काम पुन प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। पछिका लागि लाभ हुने काम गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
धनु : महत्त्वपूर्ण काम बिग्रिनाले मन चिन्तित रहनेछ। स्वास्थ्यलाई लिएर व्यायाममा ध्यान दिनुहोस्। धैर्यको कमीले व्यवहारमा समस्या निम्त्याउला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
मकर :समयमा सजग नहुँदा शुभचिन्तकहरू टाढिनेछन्। आर्थिक पक्षमा सबलता आउनेछ। सन्तानको प्रगतिलाई लिएर मन प्रशन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ : व्यापार व्यवसायमा लाभ रहनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आयस्रोत बढ्नुका साथै उठाउनुपर्ने रकम हात लागि हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।
मीन :व्यवसायमा नयाँ लगानी लगाउनको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। आथित्यपूर्ण सम्मान प्राप्त हुनेछ। धार्मिक मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।













राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया