कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
मेरोन्यूज
२०८२ पुष ५ गते ११:४६

कञ्चनपुर । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका छन् । कारागारको आन्तरिक प्रशासन चलाउने नाइके र चौकीदारसँग अन्य कैदीबन्दीको शुक्रबार बेलुका झडप हुँदा आठ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको डीएसपी बोहराले बताए । ‘कारागारमा रहेका नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको हो’, डीएसपी बोहराले भने, ‘अहिले भने कारागारको अवस्था सामान्य छ ।’
यता, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको छानबिनका लागि समिति गठन गर्ने बताए ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया