कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
मेरोन्यूज
२०८२ पुष ५ गते ११:४६

कञ्चनपुर । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका छन् । कारागारको आन्तरिक प्रशासन चलाउने नाइके र चौकीदारसँग अन्य कैदीबन्दीको शुक्रबार बेलुका झडप हुँदा आठ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको डीएसपी बोहराले बताए । ‘कारागारमा रहेका नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको हो’, डीएसपी बोहराले भने, ‘अहिले भने कारागारको अवस्था सामान्य छ ।’
यता, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको छानबिनका लागि समिति गठन गर्ने बताए ।
सम्बन्धित
















सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया