निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन बिथोल्ने काम नगर्न सबै पक्षालाइ चेनावती दिएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नै सहज विकल्प भएको बताए। ‘फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो,’ प्रचण्डले भने, ‘निर्वाचन बिथोल्ने काम कसैले नगरोस्।’
जेनजीको नाममा निर्वाचनको मिति नसार्न पनि उनले अपील गरे। अन्तरिम सरकार बनाउन सहजीकरण गरेको स्मरण गर्दै उनले भने, ‘सरकारले निर्वाचन सारियो भने चुप लागेर बस्ने छैनौंँ।’
पूर्वदेखि पश्चिमसम्म एकता सन्देश सभाका क्रममा जनता पनि निर्वाचनका लागि तयार भइरहेको पाएको उनको भनाइ थियो। राजनीतिक दल पनि निर्वाचनको तयारीमा जुटिरहेको उनले बताए।

प्रचण्डले जेनजी कुनै व्यक्ति वा समूहको पेवा नभएको बताउँदै जेनजीका नाममा स्टन्ट नगर्न चेतावनी दिए। ‘जेनजी कसैको पेवा होइन। हामी जेनजीका प्रतिनिधि भनेर कसैले स्टन्ट नगरे हुन्छ,’ उनले भने, ‘जेनजीको असल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो।’












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया