नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
परासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी-१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ। कांग्रेस केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको एकल नाम सिफारिस गरेको हो ।

कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरुबाट सिफारिस भएका नामहरु आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो । तर नवलपरासी-१ बाट भने चौधरीको एकल नाम केन्द्रमा पठाउने निर्णय भएको प्रदेश सभापति अमरसिंह पुनले बताए ।
उनका अनुसार जिल्लाबाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएको थियो । तर पार्टीले साधारण सदस्य नै नरहने गरी कारवाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको पुनले बताए । खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए । पार्टीको कारवाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो ।
लुम्बिनी प्रदेश कार्यसमितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला क्षेत्र नं. १ को कार्यसमितिबाट आएको सिफारिसमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट कारवाहीमा परेका विक्रम खनालको बारेमा उल्लेख गरिएको हुँदा सिफारिस गर्न नमिल्ने अवस्थामा जिल्ला कार्यसमितिबाट सिफारिस भई आएकोमा उक्त व्यक्ति कारवाहीमा परेको हुँदा सिफारिस नगरिएको व्यहोरो अनुरोध गर्दछु ।’
नवलपरासी-१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया