नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
परासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी-१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ। कांग्रेस केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको एकल नाम सिफारिस गरेको हो ।

कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरुबाट सिफारिस भएका नामहरु आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो । तर नवलपरासी-१ बाट भने चौधरीको एकल नाम केन्द्रमा पठाउने निर्णय भएको प्रदेश सभापति अमरसिंह पुनले बताए ।
उनका अनुसार जिल्लाबाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएको थियो । तर पार्टीले साधारण सदस्य नै नरहने गरी कारवाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको पुनले बताए । खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए । पार्टीको कारवाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो ।
लुम्बिनी प्रदेश कार्यसमितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला क्षेत्र नं. १ को कार्यसमितिबाट आएको सिफारिसमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट कारवाहीमा परेका विक्रम खनालको बारेमा उल्लेख गरिएको हुँदा सिफारिस गर्न नमिल्ने अवस्थामा जिल्ला कार्यसमितिबाट सिफारिस भई आएकोमा उक्त व्यक्ति कारवाहीमा परेको हुँदा सिफारिस नगरिएको व्यहोरो अनुरोध गर्दछु ।’
नवलपरासी-१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
















रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया