बिहीबार, माघ ८, २०८२

जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान

मेरोन्यूज २०८२ पुष ७ गते १८:४९

काठमाडाैं । काठमाडौँ महानगरका मेयर बालेन शाहले राष्ट्रिय मानवअधिकार आयोगलाई बयान दिएका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सोमबार आयोगले उनकाे बयान लिएकाे हाे ।
आयोगले सोधपुछका लागि बोलाएपछि गएका बालेनले करिब २ घन्टा बयान दिएका थिए।

जेनजी घटना अवधिका मेयर शाहको गतिविधिको बारेमा सोधपुछ गरेको आयोगकाे स्रोतले जानकारी दियाे । सामाजिक सञ्जालमा लेखिएका स्टाटसलगायतका उनका गतिविधिबारे आयाेगले साेधेकाे प्रश्नमा बालेनले जवाफ दिएका थिए ।

प्रतिक्रिया