काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी

भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय काठमाडौँ महानगरपालिकाले खारेज गर्ने तयारी गरेको छ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै सूचीमा नाम प्रकाशित भएका विद्यालयहरुलाई शिक्षा विभागको सम्पर्कमा आउन भनेको हो।
महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय सातवटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो।
महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ। त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो।
तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया