हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले निर्वाचनका निम्ति शान्तिपूर्ण वातारण बन्नुपर्ने बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुने बताए ।
त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण नबन्ने अध्यक्ष ओलीको कथन थियो । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उनले शान्तिपूर्ण निर्वाचनको वातावारण बनाउने दायित्व सरकारको हो भने ।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै आह्वान गरेको बैठकमा आफू सहभागी भएको र त्यहाँ पनि आफूले आफूहरु चुनावका विरुद्धमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने कुरा स्पष्ट गरेको बताए । आफूले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताए ।
भदौ २३ गते परिचालन भएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाको लागि निर्णय गरेकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु युक्तिसङ्गत नहुने बताए । ‘स्थलमा खटिएका सुरक्षाकर्मीले सरकारी सम्पत्तिको रक्षा र आत्मरक्षाका लागि परिस्थितिजन्य निर्णय गर्ने अधिकार राख्छन्,’ ओलीले स्पष्ट पार्दै भने, ‘त्यसको जिम्मेवारी बोकाएर राजनीतिक नेतृत्वलाई बयानमा बोलाउनु तर्कसंगत र कानुनसम्मत छैन।’
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया