एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभ म्याक्स र प्रो. विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले नयाँ योजना सार्वजनिक गरेको छ ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘ईएक्स फाइभसेलेन्जा बोनान्जा’ नामक बिक्री योजना सार्वजनिक गरेको हो ।
जिली ईएक्स फाइभ सिरिजमा लागु हुने यो सीमित अवधिको पर्व तथा नयाँ अंग्रेजी वर्ष सेल्स अफरले नेपाली ग्राहकका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ आकर्षक र पहुँचयोग्य बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
यस विशेष योजनाअन्तर्गत डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ को अवधिमा जिली ईएक्स फाइभ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।
योजनाअनुसार, जिली ईएक्स फाइभ बुक गर्ने ग्राहकले दुई लाखसम्मको प्रत्यक्ष नगद छुटका साथै रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन /एक रातको निःशुल्क बसोबास प्याकेज प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यी अफरहरूका अतिरिक्त, कम्पनीले योजना अवधिको क्रममा निःशुल्क एक्सेसरी र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स समावेश गरिएको छ ।
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया