विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर

विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो ।
कम्पनीका अनुसार, विदेशमा उत्पादन ३.४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा झरेको छ भने जापानभित्रको उत्पादन ९.७ प्रतिशतले घटेर दुई लाख ५८ हजार १७७ इकाइमा आएको छ ।
यद्यपि, संयुक्त राज्य अमेरिकामा भने हाइब्रिड सवारीसाधनप्रति उच्च मागका कारण उत्पादनमा वृद्धि देखिएको छ । अमेरिकामा उत्पादन ९.० प्रतिशतले बढेर एक लाख ७ हजार ९५३ इकाइ पुगेको छ, जसमा उच्च भन्सार शुल्कको बाबजुद माग बलियो भएको टोयोटाले बताएको छ ।
उत्पादनसँगै टोयोटाको विश्वव्यापी बिक्री पनि २.२ प्रतिशतले घटेर नौ लाख ११ इकाइमा सीमित भएको छ । यो पनि करिब ११ महिनामा पहिलोपटक बिक्रीमा देखिएको गिरावट हो ।
बिक्री विवरणअनुसार, विदेशमा बिक्री २.६ प्रतिशतले घटेर सात लाख ६९ हजार ७८९ रहेको छ, भने जापानमा बिक्री ०.२ प्रतिशतले घटेर एक लाख ३० हजार २२२ इकाइमा आएको कम्पनीले जनाएको छ ।
टोयोटाको उत्पादन र बिक्रीमा भएको यो कमीले आगामी महिनाहरुमा विश्व अटोमोबाइल बजारको माग तथा आपूर्ति कस्तो रहनेछ भन्ने विषयमा ध्यानाकर्षण बढाएको छ ।
















पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया