प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ दलका शीर्ष नेताबीचको वार्ता बालुवाटारमा जारी छ।
फागनु २१ गते घोषणा भएको चुनावको वातावरण बनाउन प्रधानमन्त्री कार्की र प्रमुख ३ दल नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन्।
यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो ।
त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।
बालुवाटार वार्ताका लागि सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले हिँजाे ३ वटै नेताको निवासमा गएर निमन्त्रणा दिएका थिए।
नेपाली कांग्रेस, नेकपा एमाले लगायतले चुनावको वातावरण तयार नभएको भन्दै आइरहेका बेला प्रधानमन्त्री कार्कीले आफै अग्रसर भएर देउवा, ओली र प्रचण्डसँग संवाद थालेकी हुन्।
















बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया