प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ दलका शीर्ष नेताबीचको वार्ता बालुवाटारमा जारी छ।
फागनु २१ गते घोषणा भएको चुनावको वातावरण बनाउन प्रधानमन्त्री कार्की र प्रमुख ३ दल नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन्।
यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो ।
त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।
बालुवाटार वार्ताका लागि सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले हिँजाे ३ वटै नेताको निवासमा गएर निमन्त्रणा दिएका थिए।
नेपाली कांग्रेस, नेकपा एमाले लगायतले चुनावको वातावरण तयार नभएको भन्दै आइरहेका बेला प्रधानमन्त्री कार्कीले आफै अग्रसर भएर देउवा, ओली र प्रचण्डसँग संवाद थालेकी हुन्।











देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया