ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिच फ्लोरिडामा भएको भेटवार्ताले रुस-युक्रेन युद्ध अन्त्यको दिशामा महत्त्वपूर्ण प्रगति गरेको देखिएको छ। जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ ।
ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्।राष्ट्रपति ट्रम्पका अनुसार युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय ९५ प्रतिशत टुङ्गिसकेको छ, तर रुसको कब्जामा रहेको डोन्बास क्षेत्रलाई असैन्यीकृत क्षेत्र बनाउने प्रस्तावमा भने अझै ठोस सहमति हुन सकेको छैन।
रुसले हाल युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, जसमा डोनेट्स्क र लुहान्स्क क्षेत्रको ठुलो हिस्सा पर्दछ। प्रेस कन्फरेन्सका क्रममा एक पत्रकारले युक्रेनको पुनर्निर्माणमा रुसको पनि कुनै जिम्मेवारी हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ट्रम्पले रुसले यसमा सहयोग गर्ने बताए । उनले भने, ‘रुस चाहन्छ कि युक्रेन सफल होस् ।’
ट्रम्पका अनुसार युक्रेनको सफलता हेर्ने चाहनामा पुटिन निकै उदार देखिएका छन् । उनले यसमा ‘धेरै सस्तो मूल्यमा ऊर्जा, बिजुली र अन्य वस्तुको आपूर्ति’ पनि समावेश रहेको बताए ।
यद्यपि ट्रम्पले पुटिन युद्धविराममा सहमत नहुनुको कारण पनि उल्लेख गरे । उनका अनुसार पुटिन लडाइँ रोकेर पछि फेरि सुरु गर्न चाहँदैनन् ।
युद्ध कहिलेसम्म समाप्त होला भन्ने प्रश्नमा ट्रम्पले यो ‘केही हप्ताभित्र’ हुन पनि सक्ने र नहुन पनि सक्ने बताए । उनले भने, ‘केही हप्तामा हामीलाई थाहा हुनेछ कि यो एक दिशातिर अघि बढ्छ कि अर्कोतिर ।’















हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया