अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं। ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र उन्नत लोकतन्त्र पार्टीले सूची बुझाएका आयोगले जनाएको छ ।
त्यस्तै, जनता लोकतान्त्रिक पार्टी नेपाल, पिपुल फस्ट पार्टी, नेपालको लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र त्रिमूल नेपाललको सूची बुझाएका छन् ।सूची बुझाउने अन्य पार्टीहरूमा स्वभिमान पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल छन् ।
त्यस्तै, एकल चिन्ह मोबाइल लिएका दल, राष्ट्रिय एकता दल, राष्ट्रिय गौरव पार्टी, एकल चिन्ह जाँतो लिएका दल, श्रम संस्कृति पार्टी, नेशनल रिपब्लिक नेपाल र जनअधिकार पार्टी पनि दर्ता भएका आयोगले जानकारी दिएको छ ।
फागुन २१ को निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया