कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?
मेरोन्यूज
२०८२ पुष १५ गते ८:०८

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम जारी रहेको छ ।
गएराति १२ बजेसम्म धरौटी बुझाएर निस्सा लिएका दलहरुले आज बिहान १० बजेसम्म बन्दसूची बुझाउन पाउने छन् ।विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।
बन्दसूची लिएर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार निर्वाचन आयोगमा पुगेको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि ढिला भएको बताइएको छ ।कांग्रेसमा उम्मेदवार छनोटमा विवाद हुँदा सूची बनाउने क्रममै ढिला भएको कांग्रेस स्रोतले जनाएको छ ।
आयोगका एक कर्मचारीले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने बताए ।
सम्बन्धित













प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया