कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्।
उनीहरुकाे एकतालाई लक्षित गर्दै ओलीले बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरे।
मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भने, “कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको सिकार हुन्छ ? मुकाविला हुन्छ ?”
ओलीले एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरूले सहकार्य गरेको टिप्पणी गरे । “दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नका लागि दुब्लाले एकताका कुरा गर्दछन् । आज पनि अर्को एकता हुन्छ रातिसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोलि पनि हुन्छ,” उनले भने, “अनि दुई/चारजना, दुई/चारजना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरे पनि कसरी होला ?”
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया