झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
मेरोन्यूज
२०८२ पुष १६ गते ९:०८

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि खुलेको छ ।
ग्याँस बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए ।
क्रेनको सहायताले ग्यास बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला जनाइएकाे छ ।
दुर्घटनापछि ग्यास चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा गरिएको छ । ग्यास बुलेट भने सडकको किनारमा राखिएको छ ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया