रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएको छ ।
रास्वपाको पार्टी सचिवालयले बुधबार सूचना जारी गर्दै समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएकाे छ । रास्वपाले आयाेगमा पठाएकाे समानुपातिक उम्मेदवारकाे बन्दसूचीलाई लिएर असन्तुष्टि बढेपछि रास्वपाले बन्दसूची सच्याउने भएकाे हाे ।
जारी सूचनामा भनिएको छ,’समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो । उक्त बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ ।’
बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पुस १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ ।














घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया