नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने

काठमाडाैं । अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोचसहित नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले दराज १.१, द नं १ सेल सार्वजनिक गरेको हो ।
वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१, २०२५ (पुस १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ ।
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नु हुनेछ ।
यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन् । गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबक लगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन् । त्यसै गरी, सिल्भर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ ।
यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्यास सेल पनि रहने छ । डिसेम्बर ३१ राति ८ बजेदेखि उपलब्ध गरिने यी डिलहरु सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन् । साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।
ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पु¥याउने सोचका साथ, ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा विगतमा झैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यस अन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।
छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सकिने कम्पनीले जनाएको छ ।













नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदी सम्पर्कविहीन
नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै
जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया