नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने

काठमाडाैं । अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोचसहित नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले दराज १.१, द नं १ सेल सार्वजनिक गरेको हो ।
वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१, २०२५ (पुस १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ ।
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नु हुनेछ ।
यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन् । गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबक लगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन् । त्यसै गरी, सिल्भर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ ।
यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्यास सेल पनि रहने छ । डिसेम्बर ३१ राति ८ बजेदेखि उपलब्ध गरिने यी डिलहरु सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन् । साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।
ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पु¥याउने सोचका साथ, ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा विगतमा झैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यस अन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।
छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सकिने कम्पनीले जनाएको छ ।
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया