बिहीबार, पुष १७, २०८२

एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै

मेरोन्यूज २०८२ पुष १७ गते १४:२४

काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस ब्रान्डका इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोक्रपले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ ।

क्याम्प पुस १९ देखि २१ गतेसम्म दाङस्थित राप्ती अटोमार्ट प्रालिको परिसरमा सञ्चालन हुनेछ, जुन दाङ क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरकसमेत हो ।

एमएडब्लु वृद्धिका अनुसार उक्त क्याम्पमार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधासहित पुरानो सवारी साटेर नयाँ इलेक्ट्रिक सवारी खरिद गर्न सक्ने अवसर पाउनेछन् । यो कार्यक्रम दाङमा नयाँ अत्याधुनिक डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित ‘नामी भिगो’को आधिकारिक सार्वजनिक अनावरणको अवसरमा आयोजना गरिएको हो ।

कार्यक्रम अवधिमा इलेक्ट्रिक सवारी स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन विशेष अफर प्याकेज सार्वजनिक गरिएको एमएडब्लु वृद्धिले जनाएको छ । ग्राहकहरूले ‘नामी भिगो’ र ‘नामी बक्स’ विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ९७ किलोवाट क्षमताको द्रुत चार्जर, ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर र निःशुल्क अटो प्लस बीमाको सुविधा पनि प्रदान गरिनेछ ।

उच्चस्तरीय इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस ब्रान्डमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभ उपलब्ध गराइनेछ । सबै मोडेलमा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन गरिने र टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

दाङमा सञ्चालनमा आएको नयाँ शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री तथा सेवा केन्द्रका रूपमा काम गर्नेछ । सीमित अवधिका विशेष अफरको लाभ लिन र इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव गर्न एमएडब्लु वृद्धिले दाङ तथा आसपासका ग्राहकहरूलाई आमन्त्रण गरेको छ ।

प्रतिक्रिया