नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
मेरोन्यूज
२०८२ पुष १८ गते ९:०३

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन खुलाएको छ। प्राधिकरणले अधिकृत र सहायकस्तरका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार अधिकृतस्तरमा सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ पदका लागि विज्ञापन गरिएको छ। यस्तै, सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जनाको माग गरिएको छ।योग्यता पुगेका इच्छुक उम्मेदवारले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
योसँगै नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जनाएको छ।

सम्बन्धित
















पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया