विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
मेरोन्यूज
२०८२ पुष १८ गते १६:३७

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने दाबी गरेका छन् ।
शुक्रबार सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका उनले पत्रकारसँग बोल्दै विधानअनुसार काम भए कांग्रेस विभाजन नहुने बताए । पार्टी फुट्छ कि भनेर आशंका नगर्न पनि कार्यकर्तालाई आग्रह गरे।
“विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ,” उनले भने ।
उनले आफूहरूको लडाइँ नेतृत्वका लागि नभई नीतिका लागि रहेको बताए । शर्माले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने जानकारी दिए ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया