बुधबार, वैशाख १६, २०८३

कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस

मेरोन्यूज २०८२ पुष १९ गते ११:०४

धनगढी । नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस गरिएको छ ।

Advertisement
NiccNicc

शुक्रबार बसेको एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि भट्टको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले भट्टको नाम एकल सिफारिस गर्ने निर्णय सर्वसम्मतका साथ गरिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय समन्वय कमिटीले पार्टीको जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

अब जिल्ला कमिटीले निर्णय गरेर प्रदेश कमिटी र प्रदेशले केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ । भट्ट काठमाडौँको भृकुटीमण्डपमा गत मंसिरसमा सम्पन्न ११औँ राष्ट्रिय महाघिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपमहासचिवमा निर्वाचित भएका थिए ।नेकपा विभाजनपछि एमालेमै बसेका भट्ट यसअघि कैलाली–४ बाट नेकपा माओवादी केन्द्र उम्मेदवार बनेका थिए । नेकपाकालमा भने उनी यो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका बिरबहादुर बलायरसँग पराजीत भएका थिए ।

प्रतिक्रिया