महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् ।
सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गरेका छन् ।
उनले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताए। केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उनको भनाइ छ ।
उनले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताए । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उनले दाबी गरे ।
चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उनले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताए।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया