दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम पाँच अर्ब

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।
आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमलव १३, जलविद्युत शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ८८, लघुवित्त शून्य दशमलव ३२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव ८६ र अन्य समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा धेरै रू ३० करोड, ६५ लाख, ८५ हजार, ७६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ ।
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया