चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयोगले पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनीहरूलाई न्याय परिषद्को परामर्शमा प्रमुख निर्वाचन अधिकृत नियुक्त गरिएको हो। त्यस्तै, आयोगले ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ। उनीहरूलाई न्याय सेवा आयोगको परामर्शमा नियुक्त गरिएको प्रवक्ता भट्टराईले बताए।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि काम सुरु गर्नेछन्। माघ २ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि कामकाज सुरु गर्नुपर्नेछ। आयोगले माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसपछि फागुन २१ गते मतदान हुनेछ।


















समाजमा शान्ति-सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्छ : गृहमन्त्री अर्याल
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया