क्रिकेटर शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेटका उदाउँदो सुपरस्टार शेर मल्ल बागबजारको गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा रूपमा आवद्ध भएका छन्।
आइतबार क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच औपचारिक सम्झौता भएको हो ।
नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग (NPL) को पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन्। बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् । गौतम एजुकेशनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए ।
गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर मल्ल जस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । ‘नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि स्पोन्सर गर्ने योजना बनाएका छौं ।’ गौतमले भने ।
गौतम एजुकेशनले अध्ययनका लागि अस्ट्रेलिया, यूके, जापान, क्यानडा र अमेरिका जाने चाहना राख्ने विद्यार्थीहरूलाई सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको छ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
प्रतिक्रिया