तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु

तनहुँ । ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ। प्रहरीका अनुसार व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो।
कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६-००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मंगलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए। उनका अनुसार उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो।
टिपर चालक चितवनको राप्ती नगरपालिका-२ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बर्दियाको बारबर्दिया नगरपालिका-८ का २२ वर्षीय विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विकले बताए। उनका अनुसार मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।
त्यसैगरी पृथ्वीराजमार्ग सडकअन्तर्गत बन्दीपुर गाउँपालिका-४ ठूलोढुंगा नजिक ग १६ प १६५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्।
भारतको रडिया थाना गोडिजग पूर्वी चाम्पा रोड घर भई हाल बन्दीपुर-४ डुम्रे बजारमा बस्दै आएका ५५ वर्षीय कुलदेव शाह घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते शाहलाई स्थानीय मोती अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेज पठाइएको छ। टाउकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेकाले थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक बन्दीपुर-१ किहुँ घर भएका २४ वर्षीय सोमबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।












MEPs handed over to local governments to drive clean energy, sustainable development
Nepal closely following recent developments in Venezuela
तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै
Nepal’s first Fish Sanctuary announced
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया