बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

काठमाडौं । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको छ । यस्तै कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद घाइते भएका छन् ।
मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छा सेवक दलका पूर्व महासचिव रहेको स्थानीय सञ्चार माध्यमले जनाएक छन् ।
बुधबार राति ८:४० बजे राजधानीको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीले अजिजुरलाई निशाना बनाएर गोली हानेको जनाइएको छ ।
तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडिसी) फजलुल करिमले मुसब्बिरको मृत्यु भएको पुष्टि गरेका छन् । स्टार कबाबको छेउमा रहेको गल्लीमा अज्ञात समूहले दुई जनालाई गोली हान्दा मुसब्बिरको मृत्यु भएको उल्लेख गर्दै अर्को जना व्यक्तिलाई उपचारका लागि ढाका मेडिकल कलेजमा पठाइएको बताएका छन् ।
मोटरसाइकलमा आएका आक्रमणकारीहरूले फार्मगेट पार गरेपछि कारवान बजारमा स्टार कबाब अगाडि गोली हान्दा मुसब्बिर र अबु सुफियान गम्भीर घाइते भएकोमा मुसब्बिरलाई बिआरबी अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा मृत्यु भएको उल्लेख गरिएको छ ।
द डेली स्टारका अनुसार मुसब्बिरले शरियतपुरका बासिन्दाहरूको समूहसँग सुपर स्टार होटल नजिकैको कार्यक्रममा सहभागी भई मुसब्बीर र मसूद नजिकैको गल्लीबाट हिँड्दै गर्दा दुई आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि गोली चलाएका थिए ।
गोलीकाण्डपछि सोना र गाँव चौराहा नजिकै स्थानीय बिएनपी सदस्यहरू समावेश भएको समूहले विरोध प्रदर्शन गरेको थियो । पछिल्लो समयमा बङ्गलादेश भरि राजनीतिक हिंसा बढेको खबरहरूबीच फेब्रुअरी– १२ मा हुने राष्ट्रिय चुनावअघि कानून र व्यवस्थाको चिन्तामा यस घटनाले थप अशान्ति बढाएको छ ।
















एकै दिन दुईवटा अमेरिकी युद्धविमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया