फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकोन) फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा थिंक एजुकेश्नल कन्सल्ट्यान्सीका सीईओ दिपेन्द्र कुँवर निर्वाचित भएका छन् । फेकोन लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिबेसनबाट दिपेन्द्र कुँवर दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपालगञ्जमा सम्पन्न दोस्रो साधारणसभा तथा अधिबेसनले सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा अध्यक्ष दिपेन्द्र कुँवर, उपाध्यक्ष बिनोद बास्तोला, सचिव एसपि बुढा, कोषाध्यक्ष विवेक लम्साल, सदस्यहरुमा अर्जुन केसी, विजय छिनाल, कलेन्द्र बुढाथोकी, सन्तोष बस्नेत, तोरन खाम्छा, सर्बसम्मत चयन भएका छन् । यस्तै सल्लाहकार समितिको संयोजकमा कुलदिप शर्मा, सदस्य रोनिश गौतम, ओमप्रकाश रिजाल निर्वाचित भएका छन् ।

अधिबेसनमा शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौतीहरु एनओसी, धरौटि, विद्यार्थी सुरक्षा जस्ता विषयमा छलफल भएको थियो । फेकोनका नव निर्वाचित अध्यक्ष दिपेन्द्र कुँवरले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याको समाधान र व्यवसायीक मर्यादा अभिबृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
फेकनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष छविन्द्र ओझा, महासचिव दिपेन्द्र पोखरेल, प्रथम सचिव आरसी केसी, कोषाध्यक्ष गौतम पुडासैनी, फेकन केन्द्रीय म्यानेजमेन्टका दिपक लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ कार्य समिति, सल्लाहकार समिति चयन गरेको हो ।













टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया