फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकोन) फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा थिंक एजुकेश्नल कन्सल्ट्यान्सीका सीईओ दिपेन्द्र कुँवर निर्वाचित भएका छन् । फेकोन लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिबेसनबाट दिपेन्द्र कुँवर दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपालगञ्जमा सम्पन्न दोस्रो साधारणसभा तथा अधिबेसनले सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा अध्यक्ष दिपेन्द्र कुँवर, उपाध्यक्ष बिनोद बास्तोला, सचिव एसपि बुढा, कोषाध्यक्ष विवेक लम्साल, सदस्यहरुमा अर्जुन केसी, विजय छिनाल, कलेन्द्र बुढाथोकी, सन्तोष बस्नेत, तोरन खाम्छा, सर्बसम्मत चयन भएका छन् । यस्तै सल्लाहकार समितिको संयोजकमा कुलदिप शर्मा, सदस्य रोनिश गौतम, ओमप्रकाश रिजाल निर्वाचित भएका छन् ।

अधिबेसनमा शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौतीहरु एनओसी, धरौटि, विद्यार्थी सुरक्षा जस्ता विषयमा छलफल भएको थियो । फेकोनका नव निर्वाचित अध्यक्ष दिपेन्द्र कुँवरले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याको समाधान र व्यवसायीक मर्यादा अभिबृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
फेकनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष छविन्द्र ओझा, महासचिव दिपेन्द्र पोखरेल, प्रथम सचिव आरसी केसी, कोषाध्यक्ष गौतम पुडासैनी, फेकन केन्द्रीय म्यानेजमेन्टका दिपक लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ कार्य समिति, सल्लाहकार समिति चयन गरेको हो ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया