बुधबार, वैशाख ९, २०८३

देश नै नरहने हो कि भन्ने निराशा पैदा भयो : पूर्वराजा शाह

मेरोन्यूज २०८२ पुष २६ गते १९:१९

पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्।

Advertisement
NiccNicc

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार एक भिडियो सन्देश जारी आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताए ।‘नारायणहिटी राजदरबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ पूर्वराजा शाहले भने।

भाषण, जादू र चमत्कारले देश बन्न नसक्ने भन्दै सबै नेपालीले कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नु उनले आह्वान गरे । ‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको हैन । र बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन। सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ शाहले भने।झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको उनको भनाइ छ।

पृथ्वीनारायण शाहले २२ वर्षको युवा अवस्थामा नै सुरु गरेको एकीकरणको सफलतापछि आधुनिक नेपाललाई चार वर्ग ३६ जातको साझा फुलबारीको रुपमा चित्रण गरेको बताए। 

सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया