१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेपछिका १२ दिन आफूहरुका लागि निकै पीडादायी भएको बताएका छन्।
रास्वपासँगको सहकार्य तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका उनले शनिबार पत्रकार सम्मेलन गर्दैै आफूहरुलाई यो समयमा केबल इन्गेज गराएर मात्रै राख्ने काम भएको आरोप लगाए।‘वास्तमा त्यो १२ दिन हामीलाई धेरै पीडादायीय भयो,’ घिसिङले भने, ‘उज्यालो नेपालको समर्थकहरुले धेरै नै पीडा भोगेको छ।’
‘यो बीचमा हामीलाई पुरै इन्गेज बनाएर राखियो। राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ ठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो। उज्यालो नेपालका साथीहरुलाई पार्टी प्रवेश गर्न आह्वान गरे।
यो प्रक्रियामा हामीलाई इन्गेज गर्दै उनीहरुले धेरै कुरा गरे,’ उनले थपे।व्यक्तिगतरुपमा पनि १२ दिन आफ्ना लागि निकै अप्ठ्यारो समय रहेको घिसिङले बताए। ‘यो १२ दिन मेरा लागि धेरै अलमलको अवस्था भयो,’ उनले भने, ‘अगाडि बढौँ भने अगाडि बढ्न नसकिने। पछाडि फर्कौ भने उनीहरुले फर्कन नदिने।’
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया