कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं।नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ ।
विशेष महाधिवेशनको दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन् ।महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो ।
सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरू हुनेछ।व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन्।
यस्तो छ जुलुस निस्कने रुट
रुट नम्बर १
जम्मा हुने स्थान : सुन्धारा ।
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरूका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।
यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।
रुट नम्बर २
जम्मा हुने स्थान : रत्नपार्क
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भाग तथा काठमाडौंको क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन् ।
रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्नेछ ।
रुट नम्बर ३
जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस
पद्मकन्या क्याम्पसबाट आउने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् । काठमाडौंका ५, ६ र ७ का सबै नेता–कार्यकर्ता यो जुलुसमा सहभागी हुनेछन् ।
यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर ४
जम्मा हुने स्थान : शंकरदेव क्याम्पस
यो रुटको जुलसका लागि पुतलीसडकस्थित पद्मोदय–शंकरदेव क्याम्पसलाई जम्मा हुने स्थान तोकिएको छ । भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका नेता–कार्यकर्ता यो जुलसमा सहभागी हुनेछन् । यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर ५
जम्मा हुने स्थान : कमलपोखरी
यो रुटमा काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नेता–कार्यकर्ता यहाँ जम्मा भई कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।
रुट नम्बर ६
जम्मा हुने स्थान : कुपण्डोल
ललितपुरको कुपन्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका सहभागीको सहभागिता रहने नेता केसीले जानकारी दिए ।
कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै यो जुलुस भृकुटीमण्डप प्रवेश गर्नेछ ।
















नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया