मंगलबार, वैशाख १५, २०८३

कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा

मेरोन्यूज २०८२ पुष २७ गते १८:५७

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउने नभई सिंगो पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व गर्ने बताएका छन्।

Advertisement
NiccNicc

भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्ताे बताएका हुन् ।

उनले पार्टी विभाजनको आशंका नगर्न आग्रह गरे । महाधिवेशनमा उर्लिएको जनसागर पार्टी फुटाउन नभई रूपान्तरणका लागि जम्मा भएको उनले स्पष्ट पारे । ‘यो भीड होइन, कांग्रेस फुटाउने पनि होइन, हामी सिंगो कांग्रेसको नेतृत्व गर्छौँ,’ उनले भने।

महामन्त्री शर्माले महाधिवेशनले लिने निर्णयहरू भावनात्मक आवेगमा नभई गम्भीर विवेकमा आधारित हुने स्पष्ट पारे। ‘आवेगमा होइन, कांग्रेस बदल्ने निर्णय यो हलले गर्नेछ,’ शर्माले भने, ‘हामी आवेगमा होइन, विवेकले निर्णय लिनेछौं।’

प्रतिक्रिया