सोमबार, पुष २८, २०८२

कांग्रेसको विशेष महाधिवेशन : नाम दर्ता गराउने प्रतिनिधि ६२ प्रतिशत नाघे

मेरोन्यूज २०८२ पुष २७ गते १९:१५

काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गराउने प्रतिनिधिकाे संख्या ६२ प्रतिशत नाघेकाे छ ।

आइतबार बिहान सवा ८ बजेबाट सुरू भएको दर्ता प्रकृयामा अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेका हुन् ।

देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। कार्यक्रमस्थल भृकुटीमण्डपमा रहेका स्टलहरूमा नाम दर्ता गराउन आउने क्रम अहिले पनि जारी छ ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान कांग्रेसकाे विधानमा छ ।

प्रतिक्रिया