नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौं लाख नागरिको आक्रोश सडमा अभिव्यक्त भएको बताएका छन्।
भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्ताे बताएका हुन् ।
उनले राजा फालेर ल्याएको गणतन्त्रमा पनि नेपोबेबीको राज देखेर जनता रिसाउँदा भदौ २३ र २४ मा भावना व्यक्त गरेको बताए ।
“भदौ २३ र २४ मा भएका दोषीले सजाय पनि पाउलान्,” उनले भने, “त्यसदिन त्यतिमात्रै भएको होइन । नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ ? हामी थियौँ । संसद्मा को थियौँ ? हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता ।”
महामन्त्री थापाले पछिल्लो समय आफूले देखेका राजनीतिक कार्यक्रममा यति ठूलो जनसहभागिता र चासो आफूले कहिल्यै नदेखेको पनि उल्लेख गरे।
‘तपाईंहरूको उपस्थितिले पनि देखाउँछ, यो महाधिवेशन त्यसै विशेष भएको होइन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर देखाउनुछ,’ उनले भने।












खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया