अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
बन्दसत्रमा महामन्त्री विश्व प्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन्। अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।सांगठनिक प्रतिवेदनमा पार्टीबाट एक व्यक्ति १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक सांसद मात्रै हुन पाउने व्यवस्था उल्लेख गरिएको छ।
त्यस्तै पार्टीका केन्द्रदेखि वडासम्म जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने र केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३०-४० वर्ष उमेर समूहका २० जना रहने उल्लेख रहेको छ।
विभिन्न पेशा, व्यवसाय, बौद्धिक वर्ग सहितका क्षेत्रबाट ‘ल्याट्रल इन्ट्री’बाट पार्टी संरचनामा स्थान सुनिश्चित गर्ने व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ। त्यस्तै प्रत्येक देशका जनसम्पर्क समितिबाट पार्टीको अन्तर्राष्ट्रिय संरचना बनाउने, त्यसमा प्रत्येक देशको जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्ष परिषद् सदस्य रहने र अन्तर्राष्ट्रिय परिषद् २७ सदस्य हुने उल्लेख गरिएको छ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया