बुधबार, वैशाख ९, २०८३

देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

मेरोन्यूज २०८२ पुष २८ गते ९:४५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा जाने कुनै कार्यक्रम नरहेकाे उनकाे सचिवालयले जनाएकाे छ ।‘

Advertisement
NiccNicc

देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान सूचना जारी गरी सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन्।

सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, उनले लेखेका छन्,‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’

प्रतिक्रिया