शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

भक्तपुर । लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका पूर्वअध्यक्ष एवं शिक्षासेवी सुरेन्द्र तुबन्जा श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध चयन भएका छन् । चेम्बरको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन भएका छन भने उपाध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकुलप्रसाद प्रजापतिलाई निर्विरोध निर्वाचित गरिएको हो ।
चेम्बरको महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा पशुपति भुसाल निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यमा कुलदीप जिसी, न्हुछेराम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्थु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व निर्विरोध भएका छन् । महिला चेम्बर संयोजकमा भने रिना श्रेष्ठ र युवा चेम्बर संयोजकमा करिना गोर्खाली मनोनित भएकी हुन् ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया