सेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९० अंकले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।
आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३ र लघुवित्त शून्य दशमलव २० प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । जलविद्युत एक दशमलव ०२, लगानी शून्य दशमलव ०४, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०७, व्यापार शून्य दशमलव ९८ र अन्य समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबभन्दा धेरै छ दशमलव ०९ प्रतिशतले घटेको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया