सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा
मेरोन्यूज
२०८२ पुष ३० गते १०:१५

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्ता निष्कर्ष बिहीन भएको छ ।
सभापति देउवाले बोलाएपछि वार्ताका लागि महाराजगञ्ज पुगेका महामन्त्रीद्वय र सभापतिबीच झण्डै डेढ घण्टा वार्ता भएपनि कुरा नमिलेपछि उनीहरु त्यहाँबाट बाहिरिएका हुन् ।वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए ।
ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।सभापतिसँग निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर निर्वाचनमार्फत नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।
सभापति देउवासँग वार्ता चलेकाले बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि बस्न सकेको छैन ।
सम्बन्धित
















कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया