सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा
मेरोन्यूज
२०८२ पुष ३० गते १०:१५

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्ता निष्कर्ष बिहीन भएको छ ।
सभापति देउवाले बोलाएपछि वार्ताका लागि महाराजगञ्ज पुगेका महामन्त्रीद्वय र सभापतिबीच झण्डै डेढ घण्टा वार्ता भएपनि कुरा नमिलेपछि उनीहरु त्यहाँबाट बाहिरिएका हुन् ।वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए ।
ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।सभापतिसँग निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर निर्वाचनमार्फत नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।
सभापति देउवासँग वार्ता चलेकाले बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि बस्न सकेको छैन ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया