आइतबार, वैशाख ६, २०८३

सेयर बजारमा झिनो अंकको सुधार

मेरोन्यूज २०८२ पुष ३० गते १६:२४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५२ अंकले बढेर दुई हजार ६४१ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आज ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ दशमलव ३७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य एक, वित्त दुई दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ३१, जलविद्युत् शून्य दशमलव शून्य सात, लगानी शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव ६७ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव शून्य आठ, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९४ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ तीन दशमलव ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु २६ करोड २४ लाख चार हजार १८४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी छ लाख ७१ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया