आइतबार, वैशाख ६, २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०८२ पुष ३० गते १७:०८

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो ३९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीहरूको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रूपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रूपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रूपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रूपैयाँ कायम भएको छ। बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रूपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रूपैयाँ पुर्‍याएको छ।

संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रूपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको कुल सेयरधनी कोष ६४ अर्ब ९८ करोड रूपैयाँ पुगेको छ।

बैंकले हाल २७१ शाखा, २५९ एटिएम, ६५ एक्सटेन्सन काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया