मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन

बागमती । निर्वाचन प्रहरीका लागि मकवानपुरमा दुई हजार २६६ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि बिहीबारसम्ममा एक हजार ६०२ पुरुष र ६६४ महिलाले आवेदन दिएका हुन् ।
जिल्लामा एक हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गर्ने योजना रहेको उहाँले बताउनुभयो । त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरीप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला न्यायाधिश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवेन्द्रराज आचार्य नियुक्त हुनुभएको छ ।
















सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया