मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन

बागमती । निर्वाचन प्रहरीका लागि मकवानपुरमा दुई हजार २६६ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि बिहीबारसम्ममा एक हजार ६०२ पुरुष र ६६४ महिलाले आवेदन दिएका हुन् ।
जिल्लामा एक हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गर्ने योजना रहेको उहाँले बताउनुभयो । त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरीप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला न्यायाधिश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवेन्द्रराज आचार्य नियुक्त हुनुभएको छ ।














नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया