चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो

चिलीमा डढेलोका कारण करिब २० हजार मानिसहरू विस्थापित भएपछि चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले आइतबार दुई दक्षिणी क्षेत्रमा आपतकाल घोषणा गर्नुभएको छ। अग्निनियन्त्रकहरूले देशभरि १९ वटा डढेलोसँग जुधिरहेका छन् भने १२ वटा राजधानी सान्टियागोको दक्षिणमा रहेको नुबल र बायोबायो क्षेत्रमा छन् ।
“गम्भीर डढेलोको सामना गर्न मैले न्यूबल र बायोबायो क्षेत्रहरूको लागि प्राकृतिक प्रकोपको स्थिति घोषणा गर्ने निर्णय गरेको छु,“ वामपन्थी राष्ट्रपति बोरिकले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा भन्नुभएको छ। आगलागीबाट कसैको मृत्यु भएको छ वा कति घरमा क्षति पुगेको छ भन्ने बारेमा सरकारले केही बताएको छैन ।
‘नेसनल सर्भिस फर डिजास्टर प्रिभेन्सन एन्ड रेस्पोन्स’की निर्देशक एलिसिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई करिब २० हजार व्यक्तिलाई उद्धार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लगभग ६० हजार जनसङ्ख्या रहेको पेन्को र लिर्केनको बिबियो नगरहरूमा अधिकांश विस्थापित भएका छन्।” स्थानीय टेलिभिजनले प्रसारण गरेका तस्वीरमा दुवै नगरमा आगो लागेको र सडकमा डढेका कारहरू रहेका देखिएका छन् ।
हालैका वर्षहरूमा दक्षिण–मध्य चिलीमा डढेलोले गम्भीर असर पारेको छ। सरकारी अभियोजकको कार्यालयका अनुसार सन् २०२४ फेब्रुअरीमा सान्टियागोको उत्तरपश्चिममा भिना डेल मार शहर नजिकै एकैसाथ धेरै स्थानमा आगलागी भएका छन् । उक्त आगलागीमा कम्तीमा १३८ जनाको मृत्यु भएको थियो। ती डढेलोबाट करिब १६ हजार मानिस प्रभावित भएका थिए ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया