चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो

चिलीमा डढेलोका कारण करिब २० हजार मानिसहरू विस्थापित भएपछि चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले आइतबार दुई दक्षिणी क्षेत्रमा आपतकाल घोषणा गर्नुभएको छ। अग्निनियन्त्रकहरूले देशभरि १९ वटा डढेलोसँग जुधिरहेका छन् भने १२ वटा राजधानी सान्टियागोको दक्षिणमा रहेको नुबल र बायोबायो क्षेत्रमा छन् ।
“गम्भीर डढेलोको सामना गर्न मैले न्यूबल र बायोबायो क्षेत्रहरूको लागि प्राकृतिक प्रकोपको स्थिति घोषणा गर्ने निर्णय गरेको छु,“ वामपन्थी राष्ट्रपति बोरिकले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा भन्नुभएको छ। आगलागीबाट कसैको मृत्यु भएको छ वा कति घरमा क्षति पुगेको छ भन्ने बारेमा सरकारले केही बताएको छैन ।
‘नेसनल सर्भिस फर डिजास्टर प्रिभेन्सन एन्ड रेस्पोन्स’की निर्देशक एलिसिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई करिब २० हजार व्यक्तिलाई उद्धार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लगभग ६० हजार जनसङ्ख्या रहेको पेन्को र लिर्केनको बिबियो नगरहरूमा अधिकांश विस्थापित भएका छन्।” स्थानीय टेलिभिजनले प्रसारण गरेका तस्वीरमा दुवै नगरमा आगो लागेको र सडकमा डढेका कारहरू रहेका देखिएका छन् ।
हालैका वर्षहरूमा दक्षिण–मध्य चिलीमा डढेलोले गम्भीर असर पारेको छ। सरकारी अभियोजकको कार्यालयका अनुसार सन् २०२४ फेब्रुअरीमा सान्टियागोको उत्तरपश्चिममा भिना डेल मार शहर नजिकै एकैसाथ धेरै स्थानमा आगलागी भएका छन् । उक्त आगलागीमा कम्तीमा १३८ जनाको मृत्यु भएको थियो। ती डढेलोबाट करिब १६ हजार मानिस प्रभावित भएका थिए ।
















पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया