प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेकी छन् ।
उनले भनेकी छन् “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ ।
यस पर्वमा तामाङ समुदायमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन छ ।
नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक यो पर्व मनाउछन् ।
सोनाम ल्होसारमा प्रर्दशन गरिने मौलिक नृत्य, गीत, वाद्यसंगीत तथा परम्परागत परिकारलाई सांस्कृतिकको धरोहरको रुपमापनी हेरिन्छ ।















गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ स् एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया