जापानमा मध्यावधि चुनावको घोषणा हुने

जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई अघि बढाउन बलियो जनादेश आवश्यक रहेको भन्दै संसद् विघटन गरी मध्यावधि ९स्न्याप० चुनाव आह्वान गर्ने योजना सोमबार औपचारिक रूपमा घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले जनाएको छ ।
जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० लाई पुनः जनसमर्थन दिलाउने विश्वास व्यक्त गर्दै आफ्नो व्यक्तिगत लोकप्रियतामाथि भर राखेका छन । गत हप्ता पार्टीका वरिष्ठ अधिकारीहरूलाई यसबारे सङ्केत दिइसक्नुभएकी उहाँले सोमबारको पत्रकार सम्मेलनमा फेब्रुअरी ८ मा मतदान गराउने योजना सार्वजनिक गर्नुहुने अपेक्षा गरिएको छ ।
एलडिपीले दशकौँदेखि जापानको राजनीति प्रायः निरन्तर रूपमा सञ्चालन गर्दै आएको भए पनि पछिल्ला वर्षहरूमा नेतृत्व परिवर्तन र जनअसन्तोष बढ्दै गएको देखिन्छ ।
अक्टोबरमा प्रधानमन्त्री नियुक्त भएकी ताकाइचीको मन्त्रिपरिषद्को लोकप्रियता तुलनात्मक रूपमा उच्च भए पनि सत्तारूढ गठबन्धन संसद्को तल्लो सदनमा झिनो बहुमतमा सीमित छ । सत्तारूढ गठबन्धनमा जापान इनोभेसन पार्टी पनि समावेश छ ।
यसले सक्रिय वित्तीय खर्च, रक्षा बजेट वृद्धि लगायतका उहाँका नीतिहरू पारित गर्न कठिनाइ ल्याउन सक्ने विश्लेषकहरूको भनाइ छ । टोकियो विश्वविद्यालयका प्राध्यापक एमेरिटस सदाफुमी कावाटोका अनुसार, यदि एलडिपीले तल्लो सदनमा एकल बहुमत हासिल गर्न सकेमा प्रधानमन्त्री ताकाइचीलाई अन्य दलहरूको सहमति बिना नीतिहरू अघि बढाउन सहज हुनेछ ।
सरकारले अप्रिल २०२६ देखि लागू हुने आर्थिक वर्षका लागि एक हजार २२३ खर्ब येन बराबरको बजेट स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्री ताकाइचीले मुद्रास्फीति नियन्त्रण र अर्थतन्त्रलाई गति दिन यो बजेटलाई यथाशीघ्र संसद्बाट पारित गराउने प्रतिबद्धता जनाएका छन। तर विपक्षी दलहरूले चुनावका कारण बजेट पारित प्रक्रिया ढिलाइ हुने र यसले आमनागरिकको जीविकोपार्जनमा असर पार्ने चेतावनी दिएका छन् ।
यसैबीच, बढ्दो महँगीका कारण जनतामा असन्तोष बढिरहेका बेला एलडिपीले खाद्यान्नमा कर कटौतीजस्ता उपायबारे छलफल गरिरहेको समाचारहरू आएका छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया