बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति

बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तालमेल गर्ने सहमति भएको छ।
सहमतिअनुसार क्षेत्र नं १ मा जनमोर्चा र २ मा नेकपाले उम्मेदवार उठाउने तय भएको छ।
‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी बिचमा चुनावी तालमेल गर्न हामी दुई दलले सहमति गर्दछौँ। उक्त सहमति अनुसार बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई नेपाली कम्युनिस्ट पार्टीले सहयोग र समर्थन गर्ने तथा सोही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीलाई राष्ट्रिय जनमोर्चाले सहयोग र समर्थन गर्ने सहमति गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पार्टीले गरेको निर्णय र सहमतिलाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ।’
बागलुङ १ मा राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्।
बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीको जन्मथलो हो भने यसअघिको चुनावमा उनले बागलुङको क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए। उनी यसअघि सोही क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्थे।
राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनको लागि बागलुङ क्षेत्र नम्बर १ बाट अखिल (छैठौं)का पूर्वअध्यक्ष कृष्ण अधिकारीलाई उम्मेदवार घोषणा गरेको थियो भने क्षेत्र नम्बर २ मा उम्मेदवार खाली राखेको थियो।
नेकपाले बागलुङ क्षेत्र नम्बर १ मा कृष्ण केसी र २ मा ज्ञाननाथ गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। जनमोर्चासँगको सहमतिपछि अब कृष्ण केसीको सट्टा कृष्ण अधिकारी उम्मेदवार बन्नेछन्।
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया