बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति

बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तालमेल गर्ने सहमति भएको छ।
सहमतिअनुसार क्षेत्र नं १ मा जनमोर्चा र २ मा नेकपाले उम्मेदवार उठाउने तय भएको छ।
‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी बिचमा चुनावी तालमेल गर्न हामी दुई दलले सहमति गर्दछौँ। उक्त सहमति अनुसार बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई नेपाली कम्युनिस्ट पार्टीले सहयोग र समर्थन गर्ने तथा सोही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीलाई राष्ट्रिय जनमोर्चाले सहयोग र समर्थन गर्ने सहमति गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पार्टीले गरेको निर्णय र सहमतिलाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ।’
बागलुङ १ मा राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्।
बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीको जन्मथलो हो भने यसअघिको चुनावमा उनले बागलुङको क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए। उनी यसअघि सोही क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्थे।
राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनको लागि बागलुङ क्षेत्र नम्बर १ बाट अखिल (छैठौं)का पूर्वअध्यक्ष कृष्ण अधिकारीलाई उम्मेदवार घोषणा गरेको थियो भने क्षेत्र नम्बर २ मा उम्मेदवार खाली राखेको थियो।
नेकपाले बागलुङ क्षेत्र नम्बर १ मा कृष्ण केसी र २ मा ज्ञाननाथ गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। जनमोर्चासँगको सहमतिपछि अब कृष्ण केसीको सट्टा कृष्ण अधिकारी उम्मेदवार बन्नेछन्।















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया