ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोडेका छन् । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उनले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताएका छन् ।
उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिङ्टन र युरोपका नजिकका सहयोगीहरूबीचको तनाव थप बढेको देखिएको छ । यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थीए जसको ती देशहरूले कडा विरोध गरेका छन् ।
अमेरिकाका परम्परागत सहयोगी राष्ट्रहरूले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कल्लासले युरोपले द्वन्द्व नचाहेको तर आफ्ना आधारभूत मूल्य र हितको रक्षा गर्ने अडानमा रहने बताएका छन्।
ह्वाइट हाउसले बल प्रयोग गरेर ग्रिनल्यान्ड नियन्त्रण लिने कुनै निर्णय नभएको जनाएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले राष्ट्रपतिले केही छोड्ने निर्णय नगरेसम्म अडान नबदलिने टिप्पणी गरे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि शान्त वार्ताबाट समाधान सम्भव रहेको बताउँदै सैन्य कारबाही हुने विश्वास नगरेको जनाए ।
यसबीच, हजारौँ ग्रिनल्यान्डवासीहरूले सप्ताहन्तमा टापु कब्जा गर्ने कुनै पनि प्रयासविरुद्ध प्रदर्शन गरे । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले करको धम्कीले आफ्नो धारणा नबदलिने स्पष्ट पार्दै ‘हामीमाथि दबाब दिइने छैन’ भने । त्यहाँकी मन्त्री नाजा नथानियलसेनले सहयोगी राष्ट्रहरूको द्रुत प्रतिक्रियाले यो विषय ग्रिनल्यान्ड मात्र नभई अन्तर्राष्ट्रिय सरोकारको विषय भएको देखाएको बताए ।
नर्वे सरकारले सार्वजनिक गरेको ट्रम्पको सन्देशमा ‘आठ युद्ध रोकेको बाबजुद नोबेल शान्ति पुरस्कार नदिइएकाले अब शुद्ध शान्तिको दायित्व महसुस नगरेको’ उल्लेख छ । सन्देशमा ‘ग्रिनल्यान्डको पूर्ण नियन्त्रण नभएसम्म विश्व सुरक्षित हुँदैन’ भनिएको छ । ह्वाइट हाउसले सन्देशको प्रामाणिकता पुष्टि गर्दै ट्रम्पले अमेरिकी नियन्त्रणले ग्रिनल्यान्डवासीलाई सुरक्षा दिने विश्वास राखेको जनाएका छन् ।
नर्वेका प्रधानमन्त्री स्टोरले ग्रिनल्यान्ड डेनमार्कको हिस्सा भएको र नर्वेले डेनमार्कको पूर्ण समर्थन गर्ने स्पष्ट पारे । साथै नोबेल शान्ति पुरस्कार नर्वे सरकारले नभई स्वतन्त्र नोबेल समितिले प्रदान गर्ने कुरा ट्रम्पलाई स्पष्ट गरिएको उनले बताए ।
गत वर्ष भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारप्रति ट्रम्पले चासो देखाएका थिए । यद्यपि सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले नोबेल पुरस्कारको परवाह नगरेको र आफूलाई ‘जीवन बचाउने’ कुरामा मात्र चासो रहेको बताए ।
ट्रम्पले करलाई कूटनीतिक मोलतोलको माध्यमका रूपमा प्रयोग गर्ने सङ्केत पनि गरेका छन । युरोपेली देशहरूले भने ग्रिनल्यान्डमा सीमित सैन्य उपस्थिति आर्कटिक सुरक्षाको मूल्याङ्कन र रूस तथा चीनसम्बन्धी चिन्ताको प्रतिक्रियामात्र भएको बताएका छन् ।
नाटोका महासचिव मार्क रुटेले ग्रिनल्यान्ड क्षेत्र सामूहिक सुरक्षाका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाूले युरोपेली सङ्घ (इयु) कुनै पनि प्रकारको जबरजस्तीको सामना गर्न तयार रहेको बताउँदै आगामी शिखर सम्मेलनको घोषणा गरेका छन् ।

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया