सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
मेरोन्यूज
२०८२ माघ ७ गते १५:३०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याइनु पर्ने बताएका छन्।
बुधबार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानूनअनुसार दोषी रहेको बताए।
अपराधिक गतिविधि गर्नेहरूलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए। अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताए।
अरूको घर जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप समेत लगाए। अन्तरिम सरकार देश जलाउनेहरूकै भएकाले पनि अपराधीहरूलाई कारबाही नगरेको उनको जिकिर छ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया